अर्जुन कुमारको निर्माण र दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र ‘चपली हाइट २’को टिजर रिलिज गरिएको छ ।
केहि दिनमा नै ट्रेलर रिलिज गर्ने भन्दै निर्माणपक्षले टिजर रिलिज गरेको हो । टिजरमा चलचित्रका कुनै पनि पात्र छैनन् । तर, यसको टिजरले धेरै कुराको अर्थ राख्छ । ‘चपली हाइट मार्ग’तर्फ लागेका २ कारलाई देखाउँदै टिजर तयार पारिएको छ ।
चपली हाइट मार्गमा हुने घटनाक्रमलाई चलचित्रले देखाउन खोजेको प्रष्ट हुन्छ । यसपटक निर्देशक दीपेन्द्र के खनालले २ नायिका र १ नायक राखेर चलचित्र बनाएका छन् । चलचित्रमा आयुष्मान देशराज जोशी, मरिष्का पोख्रेल, प्रतिमा आरएल रानाको मुख्य भूमिका छ । यो चलचित्र भदौ २ गतेबाट रिलिज हुँदैछ ।
तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला