शरीर स्वस्थ राख्नका लागि मुटु स्वस्थ हुनु जरुरी हुन्छ । तर आधुनिक र व्यस्त जीवनशैलीका कारण खानपानमा हुने अनियमितता र दूषित वातावरणका कारण रक्तचापको समस्या सामान्य बन्दै गएको छ ।
शरीरमा नियमित रक्तसञ्चार सामान्य भन्दा कम भयो भने न्यून रक्तसञ्चार (लो ब्लड प्रेसर) भनिन्छ । सामान्यतया स्वस्थ शरीरमा रक्तसञ्चार १२०/८० हुने गर्दछ । यदि प्रेसर ९० भन्दा कम हुन गएमा न्यून रक्तसञ्चार (लो ब्लड प्रेसर) भन्ने प्रचलन छ । न्यून रक्तसञ्चार (लो ब्लड प्रेसर) लाई सामान्य ढंगमा लिइयो भने यसको असर शरीरको अन्य अंगमा पनि पर्दछ र गम्भीर दुर्धटना हुने संभावना हुन्छ । अर्थात् तत्काल उचित उपचार वा प्रेसर बढाउने काम गर शरीरको अन्य अंगमा मुटु, मिर्गौला, फोक्सो, मस्तिष्कलगायत अन्य अंगमा रगतको सञ्चार आंशिक वा पूरै बन्द हुने गर्छ । जसबाट मानिसको मृत्युसमेत हुन सक्छ । यदि ६ सेकेण्डसम्म मसितष्कमा रगत सञ्चार हुन सकेन भने मस्तिष्कघात हुन सक्छ । त्यसैले न्यून रक्तसञ्चार (लो ब्लड प्रेसर) छ भने दैनिक खानपानमा ध्यान दिन जरुरी छ । जसले तपार्इंको रक्तसञ्चारलाई सन्तुलित बनाई राख्दछ ।
जीवनजल वा नुनिलो सर्बत पानी :नुनिलो पानि न्यून रक्तसञ्चार (लो ब्लड प्रेसर)का बिरामीका लागि एकदम फाइदाजनक छ । प्रेसर कम भएको महसुस भएपछि यसको सेवन गर्न सकिन्छ । जीवनजल वा घरमै बनाइएको नुनिलो सर्बत पानीमा सोडियमको मात्रा हुने भएकोले पेसर बढाउन प्रभावकारी भूमिका खेल्छ । तर आवश्यक भन्दा बढी नुनको सेवन गर्नु हुँदैन । एक गिलास पानीमा डेढ चम्चा नुन राखेर सर्बत बनाई पिउन सकिन्छ ।
कफि वा हट चकलेट : कफि वा हट चकलेट प्रेसर बढाउन निकै लाभदायिक हुन्छ । यदि तपार्इंको प्रेसर सामान्य भन्दा कम हुने गर्दछ भने प्रत्येक दिन बिहान एक कप कफि पिउने गर्नुस । दैनिक कामको सिलसिलामा बाहिर हिड्नुपर्ने छ भने झोलामा चकलेट बोकेर हिड्नुस् ।
किसमिस (काजु, बदाम, ओखर आदि) :किसमिसको परम्परमगत प्रयोग आयुर्वेद औषधिको रुपमा धेरै प्रयोग गरीन्छ । यदि तँपाईको रक्तचाप कम छ भने किसमिसलाइ प्रयोग गर्न सकिन्छ । राति सुत्नु अघि ३०(४० दाना भिजाएर राख्ने र बिहान उठ्नासाथ किसमिस र पानी दुवै पिउनाले रक्तसञ्चार सन्तुलन गर्न सकिन्छ । हप्तामा एकपटक यस्तो गर्नाले पनि धेरै फाइदा पुग्छ । यो बाहेक एक गिलास दुधमा ४(५ गेडमा बदाम र १० १५ गेडा किसमिस हालेर पिएमा पनि लाभदायक मानिन्छ ।
तुलसीको प्रयोग गर्नुस् :कुनै पनि किसिमबाट तुलसीको प्रयोग गर्नाले रक्तसञ्चार सन्तुलन गर्न सकिन्छ । तुलसीमा भिटामिन सि, पोटासियम, म्याग्नेसियम जस्ता रक्त सञ्चार संतुलन गर्ने तत्वहरु पाइन्छ । यसले मस्तिष्कलाई संतुलित गर्नुका साथै तनाबलाई पनि व्यवस्थापन गर्न सहयोग गर्छ ।
कागतीको जुस: कागतीको जुस पिउनाले उच्च रक्तचाप नियन्त्रण गर्नुका साथै न्यून रक्तचापलाई पनि नियन्त्रण गर्दछ । अर्थात फ्रेस कागतिको रसको जुसले रक्त सञ्चारलाई नियन्त्रण भन्दा पनि सन्तुलनमा राख्दछ । यदि डीहाइड्रेसनको समस्या छ भने झन उपयोगी अुन सक्छ । यसले शरीरलाई उर्जा र ताजगीपन दिन्छ । तर्सथ न्यून रक्तचापको समस्यादे सताइरहन्छ भने बेलैमा खानपानमा ध्यान दिनुभयो भने यसबाट स्वास्थ्यमा हुने क्षति र जोखिम दुबैलाई नियन्त्रण गर्न सकिन्छ ।
तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला