ताजा अपडेट:

वर्षाले बस्ती जलमग्न भएपछि राजविराजमा चक्काजाम

सप्तरी सदरमुकाम राजविराज नगरपालिका-९ का बासिन्दाले वर्षाको पानी घर भित्र पसेको भन्दै सडक अवरुद्ध पारेका छन् । स्थानीयले राजविराज-भारदह सडकखण्ड अबरुद्ध पारेपछि सो सडक भएर आवत-जावत गर्नेहरु मर्कामा परेका छन् ।
अत्यधिक वर्षापछि राजविराज-९ तेतरीगाछी चोकदेखि दक्षिणतर्फको बस्ती जलमग्न छ । घर भित्र पानी पसेपछि स्थानीयले खाना पकाउन समेत पाएका छैनन् । लत्ताकपडा र खानेकुरा पानीले भिजेका छन् ।
स्थानीय चन्दन यादवले भने, ‘चार दिन सुत्न, खान र घरको काम गर्न पाएका छैनौं । सबै भोक भोकै बस्नु परेको छ ।’
नगरपालिकाले पानीको उचित निकासको व्यवस्था नगरेको स्थानीयको गुनासो छ । पटक-पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनीहरुको भनाइ छ ।
यसैबीच खाडो खोलामा आएको बाढीले निर्माणाधीन पुल बगाएपछि बुधबारदेखि सदरमुकाम राजविराज-कुनौली सडक ठप्प भएको छ ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal