खेलमा पोर्चुगलले ३१ औं मिनेटमा नानीको गोलबाट सुरुवाति अग्रता लिएको थियो । तर, आइसल्याण्डले ५० औं पोर्चुगललाई आश्चर्यमा पार्ने गरी बराबरी गोल फर्कायो ।
खेलको अन्त्यतिर क्रिष्टियानो रोनाल्डोको हेडर आइसल्याण्डका किपरले बचाए । उसो त आइसल्याण्डले पजि झण्डै जित हात पासेको थियो, अलफ्रेडको प्रहार उत्कृष्ट थियो ।
रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउने क्रममा विजयी पेनाल्टी गोल गर्दै रोनाल्डो युरो कपमा आएका थिए । अन्तराष्ट्रिय मञ्चमा रोनाल्डो सम्मानित पनि छन् । तर, क्लबका लागि जति सफलता दिलाएका छन्, देशका लागि भने सकेका छैनन् ।
आइसल्याण्डविरुद्ध मैदान उत्रादा रोनाल्डोले १२७ क्याप जिते । र, लुइस फिगोको रेकर्ड बराबरी गरे । तर, युरा कपमा आफ्नो टोलीलाई सुखद सुरुवात दिलाउन भने सकेनन् ।
आइसल्याण्डले भने युरो कपमा आफ्नो पहिलो उपस्थितिको आनन्द लिएको छ । यो युरो कप खेल्ने सबैभन्दा सानो देश हो, जहााको जनसंख्या ३ लाख ३० हजार छ र, कुनै व्यवसायिक क्लब समेत छैन । तर, उसले छनौट चरणमा दुई पटक नेदरल्याण्डलाई हराएको थियो ।
तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला