नयाँ शक्ति नेपालले नयाँ केन्द्रीय समिति नै निर्माण नगरी राष्ट्रिय भेला टुंग्याएको छ । नेतृत्वमा आउन चाहने आकांक्षी व्यवस्थापन गर्न नसकेपछि नयाँ शक्ति सचिवालयले महाधिवेशनसम्म हालकै केन्द्रीय अन्तरिम परिषद् कायम राख्ने निर्णय गरेको हो । भेलाले यही परिषद्लाई आयोजक समितिको मान्यता दिने, सम्बन्धित जिल्ला र प्रदेशका परिषद्ले पनि अधिवेशन नहुँदासम्म आयोजक समितिकै हैसियतमा काम गर्ने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता खिमलाल देवकोटाले हालकै ४ सय ९९ सदस्यीय अन्तरिम केन्द्रीय परिषद्लाई महाधिवेशन आयोजक समितिमा बदल्ने, नयाँ केन्द्रीय समिति नबनाउने निर्णय भएको बताए । ‘पर्शुराम तामाङजीलगायत एकता प्रक्रियामा जोडिनुभएकाले हाम्रो केन्द्रीय परिषद अझै बढ्छ, पछि आउने साथीसमेतलाई मिलाउदा झन्डै छ सय ७५ देखि ७ सयसम्म हुन सक्ने सम्भावना छ,’ देवकोटाले भने, ‘खासमा नयाँ केन्द्रीय समिति बनाउने हाम्रो योजना थिएन, कसरी बाहिर त्यस्तो भान पर्न गएछ !’
देवकोटाले यस्तो दाबी गरे पनि नयाँ शक्तिले यसअघि संयोजकबाहेक पदाधिकारी महाधिवेशनभरिका लागि नथप्ने, तर केन्द्रीय समिति ९९ वा १ सय ५१ सदस्यीय बन्न जाने कार्ययोजना सार्वजनिक गरेको थियो । संगठनभित्रको असन्तुष्टि व्यवस्थापन गर्न नसक्दा नया शक्तिको केन्द्रीय परिषद पनि अन्तत: जम्बो नै हुने देखिएको छ । ‘१ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउँ भनेर सोचिएको थियो, अहिले त्यसलाई स्थगित गरेका छौं,’ विधान मस्यौदा समिति संयोजक देवेन्द्र पौडेलले भने, ‘पार्टीको सर्वोच्च निकाय अन्तरिम केन्द्रीय परिषद हुनेगरी हाललाई केन्द्रीय सचिवालयले नै महाधिवेशन आयोजक समितिको भूमिका खेल्नेगरी निर्णय गरिएको छ, अब महाधिवेशनबाट मात्रै केन्द्रीय कमिटी बन्छ ।
पार्टी स्रोतका अनुसार १२ समूहमा बाडिएका प्रतिनिधिबीच केन्द्रीय समिति कत्रो बनाउने भन्नेमा विवाद देखिएको भन्दै तत्काललाई ४ सय ९९ सदस्यीय अन्तरिम केन्द्रीय परिषद्ले नै निरन्तरता पाउने, महाधिवेशन नहुदासम्म आवश्यक थपघट भइरहने भएको छ । सचिवालय सदस्य मुमाराम खनालले अब बन्ने अन्तरिम केन्द्रीय परिषदले महाधिवेशन आयोजक समितिका रुपमा काम गरे पनि त्यो केन्द्रीय समिति हो भनी बुझ्न नहुने तर्क गरे । ‘केन्द्रीय समिति त महाधिवेशनबाट मात्रै बन्छ, अहिले संगठनको काम चुस्त बनाउन ९९ सदस्यीय सचिवालयसम्म बन्न सक्ला,’ खनालले भने, ‘सिधै केन्द्रीय समिति बनाउनेबित्तिकै त्यो विवादित हुने खतरा देखियो, त्यसैले सबै मातहत समिति बनिसकेपछि मात्रै केन्द्रीय समिति बनाउने हो ।’
विभिन्न दल र समूहबाट नेताहरु पार्टीमा प्रवेश गरिरहेकाले उनीहरुलाई ‘स्वागत गर्न’ जम्बो टोली बनाउने रणनीति नयाँ शक्तिले बनाएको हो । नेतृत्वलगायत संगठनात्मक प्रारुप, नीतिजस्ता विषयमा १२ समूहबाट आएका सुझावका आधारमा तीनवटै प्रतिवेदन परिमार्जन गर्ने निर्णय दलले गरेको छ । प्रतिवेदन सुधार र परिमार्जनसहित ८(१० दिनभित्र प्रकाशित गर्न संयोजक बाबुराम भट्टराईको नेतृत्वमा १५ सदस्यीय ‘प्रतिवेदन सुझाव संकलन तथा परिमार्जन कार्यदल’ गठन भएको छ । कार्यदल सदस्यमा गंगा श्रेष्ठ, देवेन्द्र पौडेल, रामचन्द्र झा, रामकुमार शर्मा, पर्शुराम खापुङ, कमला हेम्चुरी, कल्पना धमला, लिली थापा, केशव दाहाल, रामेश्वर खनाल, डम्बर खतिवडा, प्रदीप तुलाचन, पर्शुराम तामाङ छन् ।
भट्टराई, पौडेल र रामेश्वर खनालले सोमबार छलफल सत्रमा पेश गरेका तीन प्रतिवेदनमाथि उठेका प्रश्नबारे संयोजक भट्टराईले मंगलबार पालैपालो जवाफ दिएका थिए । विधानबारे सहभागीबाट प्रश्नहरु उठेपछि उनले पुरानो मस्यौदा भूलवश प्रिन्ट भएर आएकाले सच्च्याइने प्रष्टीकरण दिनुपरेको थियो । देवेन्द्र पौडेल नेतृत्वको विधान मस्यौदा समितिले तयार पारेको विधानको अन्तिम प्रति छापिनुपर्नेमा खेस्रा पर्न गएको भन्दै भट्टराईले सच्च्याइने बताएका थिए । ‘तपाईंहरुका सुझाव समावेश गर्न समावेशी कार्यदल प्रस्ताव गर्छु । त्यसलाई प्रतिवेदन परिमार्जन गर्ने म्यान्डेट दिनुहोस्,’ भट्टराईलाई उद्धृत गर्दै छलफल सत्र स्रोतले बतायो । विधान मस्यौदा समिति सदस्य मुमाराम खनालले प्रकाशित हुदा त्रुटि भएको स्वीकारे । ‘विधानमाथि दुई(तीन पटक राम्रैगरी काम भएको थियो । तर छापिनचाहिँ सबैभन्दा सुरुको छापिएछ । हामी पनि अल्मलियौं,’ मुमाराम खनालले भने, ‘जे भए पनि अहिले विधान पास गर्ने भन्ने निर्णय थिएन, त्यो महाधिवशेनको काम हो ।’
वाम-लोकतान्त्रिक पार्टी
नयाँ शक्तिले समाजवाद उन्मूख वाम लोकतान्त्रिक पार्टी बनाउने प्रस्ताव गरेको छ । आगामी वर्ष हुने महाधिवेशनसम्म यसलाई तल्लो तहसम्म बहसको विषय बनाउने निर्णय भेलाले गरेको हो । पर्शुराम तामाङले भने ‘बहुराष्ट्रिय जनतान्त्रिक समावेशी लोकतन्त्र’ पार्टीको सिद्धान्त हुनुपर्ने फरक मत दर्ज गरे । तर समाजवाद उन्मूख वाम लोकतन्त्रका लागि लामो समयदेखि तयारी भएकाले त्यसैलाई अनुमोदन गरिएको प्रवक्ता खिमलाल देवकोटाले बताए । ‘पर्शुरामजी भर्खरै जनमुक्ति पार्टीबाट आउनुभएकाले त्यसैमा केन्द्रित भएर त्यो प्रस्ताव गर्नुभएको हो । तर हामीचाहिँ नया शक्तिको आधा वर्षको अभ्यासले अलि खारियौं,’ देवकोटाले भने, ‘अलि पहिले यो विषय राख्न पाएको भए दस्तावेजमा सोच्न सकिन्थ्यो । जनजातिको बाहुल्य भएको पार्टीबाट आएकाले उहाबाट यो विचार आउनु अस्वाभाविक होइन ।’

देवकोटाले आफ्नो पार्टी मुद्दामा प्रगतिशील हुने भए पनि ‘कम्युनिस्टको वाम र कांग्रेसको लोकतान्त्रिक पार्टी भने नहुने’ जिकिर गरे ।
शैक्षिक योग्यता बहस स्थगित
नयाँ शक्तिले प्रत्यक्ष निर्वाचित सांसद बन्न स्नातक हुनुपर्ने प्रस्ताव तत्काललाई अघि नबढाउने भएको छ । सोमबार समूहगत छलफलका क्रममा योग्यताको विषय उठे पनि हलभित्रैबाट विरोध भएपछि तत्काललाई यो विषय दस्तावेजमा नसमेटिने सचिवालयको निर्णय छ । पार्टी प्रवक्ता खिमलाल देवकोटाले सोमबार सुरु भएको छलफल सत्रमा प्रतिनिधिहरुको समूहगत छलफलका क्रममा यो विषय उठे पनि तत्काल कुनै निर्णय नहुने प्रष्ट पारे । ‘समूहगत छलफलका क्रममा शैक्षिक योग्यतासम्बन्धी बहस प्रतिनिधिहरुबाट उठेको हो, तर दस्तावेजमा यो विषय परेको छैन,’ देवकोटाले भने, ‘अहिले यसबारे कुनै निर्णय हुँदैन । सबैको राय बुझेर महाधिवेशनमा निर्णय गर्छौं ।’

यसअघि सोमबार भएको छलफल सत्रमा विभिन्न समूहको छलफलमा शैक्षिक योग्यतासम्बन्धी बहस भएको केन्द्रीय परिषद सदस्य निर्मल भट्टराईले जानकारी दिएका थिए । ‘हाम्रै समूहबाट यो बहस उठ्यो, अरु पनि साथीहरुले शैक्षिक योग्यताको विषयलाई जोडतोडका साथ उठाउनुभयो,’ भटटराईले भने, ‘पार्टीमा युवा र शिक्षित जमातको बढो माहोल देखेर हामीले यस्तो प्रस्ताव गरेका हौं । शैक्षिक योग्यताको बहस हामी अझै अघि बढाउछौं ।’
‘मोती नटिपी नफर्कौं’
नया शक्तिले भूकम्पपीडितको व्यवस्था, मधेसको असन्तुष्टि सम्बोधन गर्दै संविधान संशोधन, टिआरसीमार्फत् द्वन्द्वकालीन मुद्दा हेर्नुपर्नेलगायत आठ बुदे प्रस्ताव समेत मंगलबारै पारित गर्यो । समापन सत्रमा बोल्दै संयोजक भट्टराईले समुद्रमा हाम फालिसकेको हुनाले अब समृद्ध नेपालको मोती टिपेरमात्रै फर्कनु पर्ने बताए । ‘हिजो ध्वंशको चरण थियो, त्यसबेला लड्नलाई सामन्ती एकात्मक राजतन्त्र शत्रु थियो, अब हाम्रो शत्रु कोही छैन,’ उनले भने, ‘मित्रहरुको दायरा फराकिलो पारौं ।’ भट्टराईले नया शक्तिको नारा लगाउदे राष्ट्रिय भेला अन्त्य गरे । भेलामा योगी विकासानन्द, पाका नेता वीरेन्द्र पोखरेललगायतले धारणा राखे ।
खर्च सार्वजनिक
खर्च विवरण खुलाउने नया परम्परा बसाल्दै नयाँ शक्तिले पार्टी घोषणासभाको खर्च विवरणसमेत मंगलबारै सार्वजनिक गर्यो । लेखा शाखा संयोजक सविना अर्यालले छलफल सत्रको अन्तिममा पेश गरेको खर्च विवरणमा १ करोड ६१ लाख ३७ हजार ३ सय रुपैयाँ जम्मा भएको, त्यसमध्ये १ करोड ४ लाख १ हजार ८० रुपैया खर्च भएको, सबै मातहत कमिटीबाट शुल्क उठेमा ५० लाख ८ हजार २ सय २७ रुपैया वचत हुन जाने उल्लेख छ । नया शक्तिको आक्रामक प्रचार प्रसारको आर्थिक स्रोतबारे चौतर्फी जिज्ञासा उत्पन्न भएको थियो ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला