ताजा अपडेट:

जानीराखौं, भात खानुका फाईदै फाईदा

सबैलाई थाहा नै छ, हाम्रो खानामा भात एक महत्वपूर्ण हिस्सा हो भनेर । एकदिन भात नखाँदा के हुन्छ ?  तपाईले पक्कै पनि अनुभव गर्नुभएको होला । समयमै भात खान नपाउँदा भोकले छटपटिइरहेका हुन्छौं ।  कुनै रोग लागेमा मात्र डाक्टरले भात बार्न भन्छन् । नभए भात सबैका लागि अनिवार्य खाना नै मानिन्छन् । भातमा विभिन्न प्रकारका भिटामीन र मिनरल्स पाइन्छ ।

 यतिमात्र होइन, भातमा नियासिन, भिटामीन डि, क्याल्सियम, फाइबर, आयरन, थायमीन र राइबोफ्लेविन पर्याप्त मात्रामा पाइन्छ ।  भात खाँदा हुने फाइदाहरु के के हुन् त ? जानी राखौं केही फाइदाहरु यस्ता छन् : – भातमा अत्याधिक मात्रामा कार्बोहाइडे«ट पाइन्छ । यसले हाम्रो मस्तिष्कमा पनि उर्जा प्राप्त हुन्छ । शरीरमा मैटाबोलिज्म समेत बढ्ने हुनाले सक्रिय रहन शक्ति समेत प्रदान गर्दछ ।  – यदि तपाईलाई उच्च रक्तचाप छ भने थोरै मात्रामा भात खानुलाई राम्रो मानिन्छ । भातमा सोडियमको मात्रा हुन्छ । जसले मुटुको रोगको सम्भावनालाई पनि हटाउँन मद्दत पुग्छ ।

  – भातमा कोलेस्ट्रोलको मात्रा निकै कम हुन्छ । यदि तपाई कोलेस्ट्रोल फ्री राइस खानु भयो भने मोटोपन पनि कहिल्यै बढ्दैन । – आयुर्वेदमा त्वचालाई सुन्दर बनाउनका लागि चामलको प्रयोग गर्ने गरिन्छ । यसका साथै चामलको पानी जसलाई हामी माढ पनि भन्ने गर्छौ ।  – नियमित रुपमा भात खानाले हाम्रो मस्तिष्कमा न्यूरोट्रांन्समीटरको विकास हुन्छ । जसले अल्जाइमर रोगिका लागि निकै फाइदाजनक मानिन्छ । 

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal