ताजा अपडेट:

मिलिक चुक्दा जर्मनी हारबाट जोगियो, युक्रेट आउट

युरो कप २०१६ मा पोल्याण्ड र विश्व विजेता जर्मनीलाई गोलरहित बराबरीमा खेलेका छन् । युरोको यो संस्करणमा गोलसहित बराबरी यो पहिलो हो ।
समूह सीमा रहेका दुबैको समान चार अंक भएको छ र, समूह चरणको अन्तिम खेल खेल्न बाँकी रहेको अवस्थामा दुबै टिम नकआउट चरण नजिक छ ।
खेलमा पोल्याण्डका स्ट्राइकर मिलिकले गोल गर्ने निकै राम्रो मौका खेल फाले । चार यार्ड मात्र टाढा रहेका उनी हेडरका क्रममा गोल गर्न चुकेका थिए ।
जर्मनीका मारियो गोट्जे र ओजिलको गोल गर्ने प्रयासलाई पोल्याण्डका किपरले असफल पारे ।
पोल्याण्ड र जर्मनीको गोलरहित बराबरीले अंकविहीन रहेको युक्रेन भने समूह चरणबाटै बाहिरिएको छ ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal