ताजा अपडेट:

युरो कपमा उत्तरी आयरल्याण्डको ऐतिहासिक जित


युक्रेनलाई हराउँदै उत्तरी आयरल्याण्डले युरोपियन च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ र, नक आउट चरणमा पुग्ने सम्भावना कायमै राखेको छ ।
बिहीबार भएको खेलमा उत्तरी आयरल्याण्डले युक्रेनमाथि २-० को जित हात पारेको हो ।
उत्तरी आयरल्याण्डले ४९ औं मिनेटा ओलिभ नोरवुडको फ्रि किकमा ग्यारेथ म्युकोलीको गोलबाट अग्रता लिएको थियो । खेलको अन्तिममा नाइल मिगेनले गोल गर्दै टिमलाई युरो कपमा पहिलो जित दिलाए ।
यो जितसँगै ३ अंक जोडेको उत्तरी आयरल्याण्डको अब तेस्रो स्थानमा रहेर पनि उत्कृष्ट चारमा पर्दै नकआउट चरणमा पुग्ने सम्भावना छ । उसले पहिलो खेलमा पोल्याण्डसँग हारेको थियो र, अब समूह चरणको अन्तिम जर्मनीको सामना गर्नेछ ।
इतिहास बन्यो
यो रात, जहाँ उत्तरी आयरल्याण्डले फुटबलमा इतिहास रचेको छ । युरोमा उसको यो पहिलो जित हो । साथै ग्यारेथ म्युकोली युरो कपमा गोल गर्ने सेकेन्ड ओल्डेस्ट स्कोरर समेत बनेका छन् ।
र, हरियो टिसर्ट लगाएका हजारौं समर्थन चर्को हुटिङका साथ उनको टिमको साथमा रहे । उनीहरुले २४ वर्षे डरेन रोडगर्सलाई पनि सम्झिए, जसको पोल्याण्डसँगको खेलपछि असामयिक निधन भएको थियो ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal