ताजा अपडेट:

‘हाउसफूल ३’ पनि सय करोड क्लबमा, चम्कियो अक्षयको स्टारडम

साजिद-फरहाद निर्देशित चलचित्र ‘हाउसफूल-३’ले बुधवार घरेलु बजारमा सय करोड कमाई गरेको छ । इण्डिया थिएट्रिकल इरोस इन्टरनेशनल मिडिया लिमिटेडका वरिष्ठ उपाध्यक्ष नन्दु आहुजाले एउटा बयानमा भनेका छन्-‘हामी खुसी छौं, हाउसफुल-३ ले बक्स अफिसमा यति राम्रो ब्यापार गर्‍यो ।’
यस चलचित्रले विदेशमा समेत निकै राम्रो कमाई गरेको छ । प्रदर्शनको दोस्रो हप्ता पार गर्दा भारतमा मात्रै ६७० स्त्रिmनमा अझै यो चलचित्र प्रदर्शन भईरहेको छ । गएको ३ जुनमा रिलिज भएको यो चलचित्र ‘हाउसफुल’को तेस्रो श्रृङ्खला हो ।
अक्षय कुमार, अभिषेक बच्चन, रितेश देशमुख, ज्याकलिन फर्नाडिस, नर्सिस फाखरी, लीजा हेडन लगायतका कलाकारले यस चलचित्रमा अभिनय गरेका छन् । यो वर्ष सय करोड पार गरेको अक्षय कुमारको यो दास्रो चलचित्र हो । यसअघि ‘एयरलिफ्ट’ले एकसय करोड कमाई गरेको थियो ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal