ताजा अपडेट:

भ्रष्ट्राचारविरुद्ध सिस्नुपानीको हाँस्यव्यङ्ग्य कार्यक्रम


हाँस्यव्यङ्ग्य साहित्य-कलाको माध्यमबाट समाजिक रुपान्तरणमा क्रियाशिल सिस्नुपानी नेपालले महेन्द्रनगर, सुर्खेत, दमौली लगायतका शहरमा ‘सिस्नुपानी राष्ट्रिय सतर्कता हास्यव्यङ्ग्य यात्रा’ गर्ने भएको छ ।
सिस्नुपानी नेपालले कहिले अरुसँग मिलेर त कहिले एक्लै पनि समाजमा ब्याप्त भ्रष्टाचार बिरुद्ध विभिन्न चेतनामूलक कार्यक्रम गर्दै आएको छ । राष्ट्रिय सतर्कता केन्द्रसँगको सहकार्यमा २०६९ बैशाखमा पहिलो चरणमा कार्यक्रम गरेको सिस्नुपानी नेपालले २०७० वैशाखमा दोश्रो र २०७१ फागुन मा तेश्रो चरणको कार्यक्रम सम्पन्न गरिसकेको छ ।
चौथो चरणको ‘सिस्नुपानी राष्ट्रिय सतर्कता हास्यव्यङ्ग्य यात्रा’ असार ६ गतेदेखि सुदूर पश्चिमी सहर महेन्द्रनगरबाट सुरु हुने भएको छ । सुर्खेत, प्यूठान पाल्पा हुँदै तनहुँको दमौली पुगेर कार्यक्रम समापन हुने भएको छ ।
‘भ्रष्टाचार हाम्रो देशको महारोगको रुपमा रहेकोले यसका विरुद्ध आवाज उठाउनु हामी सबैको कर्तव्य हो ।’ अध्यक्ष लक्षमण गम्नागेले भने ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal