ताजा अपडेट:

जूनो नामक भुउपग्रहलाई सबैभन्दा ठूलो ग्रह वृहस्पतिको कक्षमा स्थापित

अमेरिकी अन्तरीक्ष संस्था नासाले जूनो नामक भुउपग्रहलाई सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह वृहस्पतिको कक्षमा स्थापित  गराएको छ ।
पाँच वर्षको यात्रापछि जूनो वृहस्पतिको कक्षमा सफलतापूर्वक स्थापित भएको हो ।
जूनोबाट यसको रेडियो तरंग मिलेसँगै क्यालिफोर्नियाको पासाडेनास्थित मिसन कन्ट्रोल रुपममा खुसी मनइएको थियो ।
८० करोड किलोमिटर टाढा पर्ने वृहस्पतीको कक्षबाट पृथ्वीसम्म उक्त रेडियो तरंग प्राप्त भएको थियो ।
जूनोको मिसन कन्ट्रोलले घोषणा गर्यो: रोगन जूनो, तिमीलाई बृहस्पतीमा स्वागत छ ।
जूनोले आगामी डेढ वर्षसम्म वृहस्पतिको कक्षमा परिक्रमा गरिरहनेछ । त्यस क्रममा वृहस्पती ग्रहको उत्पत्तिका बारेमा अध्ययन गर्नेछ ।
आफ्नो मिसन पूरा गरेसँगै जूनो वृहस्पतिको वातावरणमा प्रवेश गरी नष्ट हुनेछ । नासाले सन् २०११ म्ाा जूनो उपग्रहको परीक्षण गरेको थियो । यो मिसनमा अहिलेसम्म एक अर्ब डलर खर्च भैसकेको छ ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal