युरोपियन च्याम्पियनसिपको इतिहासमा क्रिष्टियानो रोनाल्डोले भन्दा बढी कसैले गोल गरेका छैनन् ।
पोर्चुगललाई फाइनलमा पुर्याउने क्रममा उनले बिहीबार विहान एक गोल गरे र मिचेल प्लाटिनीको रेकर्डसँग बराबरी गरेका छन् । वेल्सविरुद्ध ५३ औं मिनेटमा गरेको गोल युरोकपमा उनको नवौं गोल समेत हो ।
अब रोनाल्डोले फाइनल खेल्न बाँकी नै छ । र, प्लाटिनीको रेकर्ड तोड्दै सवार्धिक गोलकर्ता बन्ने मौका पनि उनी सामू छ ।
उनको पहिलो अन्तराष्ट्रिय गोल पनि युरोकपमै भउको थियो, जब उनले २००४ मा १९ वर्षको उमेरमा डेब्यू गरेका थिए । त्यो प्रतियोगितामा उनले अर्को एक गोल गरेका थिए ।
उनले युरो २००८ मा मात्र एक गोल गरे । २०१२ मा भने तीन गोल गर्न सफल भए ।
युरो २०१६ खेल्न फ्रान्स पुग्दा रोनाल्डो प्लाटिनीको रेकर्डभन्दा तीन गोलले पछाडि थिए । तर, पोर्चुगललाई नक आउट चरण पुर्याउने क्रममा उनले समूह चरणको अन्तिम खेलमा हंगेरीविरुद्ध दुई गोल गरे ।
जुन खेल ३-३ को बराबरीमा सकिएको थियो । र, पोर्चुगल तेस्रो स्थानमा रहेको उत्कृष्ट चार टिममा पर्दै अघिल्लो चरण पुग्यो ।
नकआउट चरणमा एकपछि अर्को जित हात पार्दै पोर्चुगल अब फाइनलमा पुगेको छ ।
1 comments:
एक फेवरेट प्लेयर
तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला