ताजा अपडेट:

अमेरिकी राष्ट्रपति चुनावको मत परिणाम आउन सुरु, क्लिन्टन र टम्पको कडा टक्कर

अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम आउन सुरु भएको छ । र, प्रारम्भीक मत परिणाममा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनले झिनो अग्रता लिएकी छन् ।
५० राज्यमध्ये १५ को मत परिणाम आएको छ । र, हिलरीले ६८ इलेक्टोरल भोट पाएकी छन् । रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले ६६ इलेक्टोरल भोट पाएका छन् । यसअघि १२ राज्यको मत परिणाममा भने टम्प मात्र ३३ मतमा थिए । तर, साउथ क्यारोलिन लगायतको परिणामले उनलार्इ राहत दिएको छ ।
५३८ इलेक्टोरल कलेजमा राष्ट्रपतिमा निर्वाचित हुन २७० भोट चाहिन्छ ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal