ताजा अपडेट:

अन्तिम मिनेटको गोलसँगै इंग्ल्याण्डको पहिलो जित, वेल्स हार्‍यो

ड्यानिअल स्टरेजले अन्तिम मिनेटमा गोल गरेपछि इंग्ल्याण्डले युरो कप फुटबलमा महत्वपूर्ण जित हात पारेको छ ।
बिहीबार भएको आफ्नो दोस्रो खेलमा इंग्ल्याण्डले बलियो प्रतिद्वन्द्वी वेल्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफको अतिमतिर एक गोलले पछि परेको इंग्ल्याण्डले दोस्रो हाफमा उत्कृष्ट कमब्याक गर्‍यो र दुई सब्सिच्युडको गोलमा बेल्सलाई हराउन सफल भएको छ ।
लेन्समा भएको खेलमा वेल्सले ४२ औं मिनेटमा ग्यारेथ बेलको गोलबाट अग्रता लिएको थियो । उनले करिव ३० यार्ड टाढाबाट फि्रकिकमा उत्कृष्ट गोल गरे ।
खेल तथ्य
इंग्ल्याण्ड
गोलः भर्डी ५६, स्टरेज ९०+१
बल पोजिसन: ६९%
पोष्ट चार्जः २०
पोष्ट चार्ज अन टार्गेटः ५
कर्नरः ९
वेल्स
गोलः बेल ४२
बल पोजिसन: ३१%
पोष्ट चार्जः ८
पोष्ट चार्ज अन टार्गेटः २
कर्नरः ३
तर, दोस्रो हाफको सुरुमा नै इंग्ल्याण्डले दुई महत्वपूर्ण परिर्वतन गर्‍यो । हृयारी केनको स्थानमा जेमी भर्डी र स्टर्लिङको स्थानमा स्टरेज मैदान प्रवेश गरे ।
मैदान प्रवेश गरेको ११ औं मिनेटमा नै भर्डीले बराबरी गोल फर्काए । खेल बराबरीतर्फ उन्मुख भएको थियो । तर, अतिरिक्त समयको अन्तिम मिनेटमा स्टरेजले गोल गर्दै इंग्ल्याण्डलाई जित दिलाएका छन् ।


जितसँगै दुई खेलबाट ४ अंक जोडेको इंग्ल्याण्ड समूह बीको शीर्ष स्थानमा उक्लिएको छ भने ३ अंक जोडेको वेल्स दोस्रो स्थानमा छ । स्लोभाकियाको पनि समान ३ अंक छ भने रसिया एक अंकसहित पुछारमा छ ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal