ताजा अपडेट:

एसएलसीको मार्कसिटमा विषयगत अंक नहुने (नमूनासहित)

यसपालीको एसएलसी परीक्षाको नतिजा ग्रेड प्रणालीबाट सार्बजनिक भएको छ । यसअघि पास, फेल सहित विद्यार्थीले कुन विषयमा कति अंक ल्याए भन्ने थाहा पाउन सकिन्थ्यो ।
तर, यस पटक ग्रेड प्रणाली लागु भएसँगै विद्यार्थीको मार्कसिटमा अंक उल्लेख हुनेछैन । त्यसमा विषयगत ग्रेड र जिपीए मात्र उल्लेख हुनेछ । कूल जिपीए पनि उल्लेख हुनेछ ।
परीक्षा नियन्त्रण कार्यालय स्रोतले भन्यो, ‘विद्यार्थीले पाएको अंक हाम्रो लेजरमात्र हुन्छ, उनीहरुले पाउने मार्कसिटमा हुनेछैन ।’
तर, विद्यार्थीले कुनै पनि विषयमा पाएको ग्रेड चित्त नबुझे रि-टोटलिङ (पुनर्योग) गर्न सक्नेछन् । साथै डी प्लस भन्दा कम ग्रेड आएको दुईवटा विषयमा पुनः परीक्षासमेत दिनसक्नेछन् ।
यस्तो हुन्छ मार्कसिट

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal