ताजा अपडेट:

एन्ड्रोइड स्मार्टफोनमा डाटा चोरी हुनबाट बचाउने ४ टिप्स


यदि तपाइँले नयाँ एन्ड्रोइड फोन किन्नुभयो र त्यसमा आफ्नो गुगल अकाउण्ट सेट गर्नुभयो अनि त्यससँगै ह्वाट्सएप, फेसबुक, इन्स्टाग्राम र टि्वटर जस्ता एप्सपनि डाउनलोड गर्नुभयो भने सम्झिनुहोस तपाइँको मोबाइलमा रहेका डाटाहरु खतरामा छन् ।
हामी अक्सर आफ्नो फोन सम्हाल्ने कुरामा लापरवाही गर्दछौँ । तर फोन यस्तो डिभाइस हो जसमा हाम्रो बारेमा सबैभन्दा बढि डिजिटल जानकारी हुन्छन् । यदि फोन चोरी भयो र गलत हातमा पर्यो भने तपाइँका फोनमा भएका डाटाको गलत तरिकाले कसैले फाइदा उठाउन सक्ने जोखिम पनि रहन्छ । त्यसैले आफ्नो स्मार्टफोनका डाटा चोरी हुनबाट बचाउनका लागि यसो गर्नुपर्छः

  • सबैभन्दा पहिले आफ्नो फोनमा सुरक्षित डाटाहरुलाई बचाउनका लागि फोनको स्क्रिन लक गर्नुपर्छ । यसका लागि सबैभन्दा पहिले फोनको सेटिंगमा अप्सनमा जाने, स्क्रल गर्ने र सेक्योरिटी अप्सनमा ट्याप गर्ने । त्यहाँ उपलब्ध विभिन्न अप्सनमध्ये एउटा स्क्रिन लक फिक्स गर्ने । तपाइँ प्याट्रन लक, पिन लक, पासवर्ड वा फिंगर प्रिन्ट लकका माध्यमबाट आफ्नो फोनलाई सुरक्षित राख्न सक्नुहुन्छ ।
  • आफ्नो  डिजिटल डाटाको सुरक्षाका लागि एन्ड्रोइडको इनक्रिप्ट फिचरको प्रयोग गर्नुस् । यो विकल्प सामान्यतया फोनको Settings > Security मा गएर छान्न सक्नुहुनछ भने कतिपय स्मार्टफोनमा चाहीँ  Settings > Privacy   मा पनि उपलब्ध हुन्छ । आफ्नो डिभाइसलाई इनक्रिप्ट गरी तपाइँ आफ्नो अकाउन्टका एप्स, म्युजिक, तस्वीर तथा अन्य डाटा बचाउन सक्नुहुन्छ । यदि तपाइँको फोन कोही गलत मानिसको हातमा पर्यो भनेपनि तपाइँका डिजिटल डाटा पिन, पासवर्ड तथा प्याटर्न लकको पछाडि सुरक्षित हुनेछन् ।
  • यदि तपाइँले आफ्नो फोनमा पहिलेदेखि नै एन्ड्रोइड डिभाइज म्यानेजर एक्टिभेट गर्नुभएको छैन गर्नुहोस् । त्यसका लागि Settings मा गई Securityअप्सन छानेर एन्ड्रोइड डिभाइस म्यानेजर एक्टिभेट गर्न सक्नुहुन्छ । एक्टिभेट गरेसँगै android.comdevicemanager मा गएर जाँच्नुहोस् की त्यो फिचरले राम्रोसँग काम गरिरहेको छ की छैन ? यो अनलाइन ड्यासबोर्डले तपाइँको स्मार्टफोनको लोकेसन म्याप देखाइदिन्छ । त्यहाँ गएर तपाइँले घण्टी एक्टिभेट गर्न सक्नुहुन्छ । यसो गर्दा यदि मोबाइल फोन आसपास कतै छ भने घण्टी बज्दछ । र तपाइँले हराएको मोबाइल समेत हात पार्न सक्नुहुन्छ । यस मार्फत तपाइँले आफ्नो हराएको स्मार्टफोनको पासवर्ड चेन्ज गर्ने तथा स्क्रिन लक गर्ने गर्न सक्नुहुनछ । आफ्नो मोबाइलमा रहेका सारा डाटा हटाउन पनि सक्नुहुन्छ ता की ती डाटा गलत मानिसले प्रयोग गर्न नपाओस् ।
  • एन्ड्रोइड डिभाइस म्यानेजरको सारा सेटिंग्सका बाबजूत पनि यदि तपाइँको हराएको स्मार्टफोनबाट कसैले सिमकार्ड निकालिदियो भने वा स्विच अफ गरिदियो भने तपाइँ स्मार्टफोनका डाटा हटाउन सक्नुहुन्न । यसका लागि तपाइँ Cerberus anti-theft  नामक एप प्रयोग गर्न सक्नुहुन्छ । यो सशुल्क एप हो । तपाइँले आफ्नो स्मार्टफोनमा यो एप इन्स्टल गरी लुकाउन पनि सक्नुहुनछ । यो एप प्रयोग गरेकेा मोबाइलबाट कसैले पनि तपाइँको डाटा निकाल्न सक्दैन । सिमकार्ड परिवर्तन गरिसकेपछि पनि यो एपले तपाइँको हराएको स्मार्टफोनको लोकेसन पत्ता लगाइदिन्छ र तपाइँले प्रदान गरेको अर्को फोन नम्बरमा एसएमएस गरिदिन्छ । जसका कारण तपाइँले आफ्नो हराएको फोन चलाइरहेको व्यक्ति पत्ता लगाउन सक्नुहुन्छ र फोन आफ्नो हातपर्ने सम्भावना हुन्छ ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal